घिउ सिमीमा अत्यधिक विषादीको प्रयोग

अनलाइनसमय |
२६ असार २०८२
घिउ सिमीमा अत्यधिक विषादीको प्रयोग

काठमाडौं, २६ असार । घिउ सिमीमा अत्याधिक विषादी फेला परेको छ । काभ्रेबाट बिक्रीका लागि कालीमाटी ल्याइएको काउलीमा ८६ दशमलव ५४० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।

बिहीबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १७ पसलको १७ ओटा तरकारी तथा फलफूल परीक्षण गर्दा घिउ सिमीमा विषादी भेटिएको हो । सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस