काठमाडौं, २६ असार । काठमाडौं महानगरपालिकामा करिब सात महिनामा कार्यपालिका बैठक बस्ने भएको छ । मेयर बालेन शाहले भोलि शुक्रबारका लागि कार्यपालिका बैठक बोलाएका हुन् ।
स्रोतका अनुसार बैठक दिउँसो हुने छ भने त्यसअघि बिहान ११ बजे स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्ने कार्यक्रम रहेको छ ।
गत पुसयता मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले कार्यपालिका बैठक स्थगित हुँदै आएको थियो । लामो समयपछि बैठक बस्न लागेकोले यसले महानगरको नीति तथा बजेट निर्माण प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।