प्रधानमन्त्रीद्धारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन

अनलाइनसमय |
२६ असार २०८२
प्रधानमन्त्रीद्धारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन

काठमाडौं, २६ असार । प्रधामन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टरको उद्घाटन गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेलाडीलाई नियमित रुपमा प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न प्रशिक्षण स्थलको रुपमा नेसनल हाइ पर्फमेन्स सेन्टरको स्थापना गरेको हो ।

सेन्टरमा एकै पटक एक सयभन्दा बढि खेलाडीले अभ्यास गर्न सक्नेछन् । उक्त सेन्टर ७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको छ । साथै ४ हजार ९६ स्क्वायर फिट क्षेत्रफलमा जिम हलसमेत रहेको छ ।

सेन्टरमा खेलकुद क्षेत्रलाई आवश्यक पर्ने अत्याधुनिक प्रविधिसहितको ३१ उपकरण राखिएको छ । उपकरणमा एक्स बडी मशिन, फोर्स फ्रेम, फोर्स डेस्क, एसभीटी मशिन, ईएमजी इक्विपमेन्ट, ल्याक्टिक एसिड एनालाइजर, बीएफआर इक्विपमेन्ट, डाइनामो इक्विपमेन्ट, ह्युमन ट्र्याक इक्विपमेन्ट, भीओटु म्याक्स इक्विपमेन्ट, टाइमिङ गेट इक्विपमेन्टलगायत रहेका छन् ।

उक्त उपकरणले खेलाडीमा देखिएको समस्या र कमीकमजोरी पत्ता लगाउन सहयोग पुग्ने राखेपको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस