काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आज नयाँ मौद्रिक नीति सार्वजनिक गर्दैछ । गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षका लागि आफ्नो पहिलो मौद्रिक नीति ल्याउन लागेका हुन् ।
मौद्रिक नीतिको मस्यौदा तयारी पूरा भइसकेको छ । बिहीबार दिउँसो राष्ट्र बैंकको व्यवस्थापन समितिमा त्यसबारे छलफल भएको थियो भने साँझ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग गभर्नरले परामर्श गरेका थिए ।
त्यसपछि बिहीबार राति नै सञ्चालक समितिको बैठक डाकिएको थियो । राष्ट्र बैंक स्रोतका अनुसार उक्त बैठकमा नीति निर्माणका मुख्य बुँदामा सहमति जुटिसकेको छ ।
आज दिउँसो नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । यो ५९ औं मौद्रिक नीति हो ।