साफ यु–२० च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्दै

अनलाइनसमय |
२७ असार २०८२
साफ यु–२० च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं, २७ असार । साफ यु–२० महिला च्याम्पियनसिप आजदेखि बंगलादेशमा सुरु हुँदैछ ।

नेपालले आज भुटानसँग खेल्दै साफ यु–२० महिला च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ । खेल बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार ६ः१५ बजे हुनेछ । त्यसअघि आजै दिउँसो ३ बजे बंगलादेश र श्रीलंका खेल्नेछन् ।

बङ्गलादेशको ढाकामा जुलाई ११ देखि २१ सम्म हुने च्याम्पियनसिपमा यस पटक चार राष्ट्र सहभागी छन् । जसमा गत विजेता बङ्गलादेशसहित नेपाल, भुटान र श्रीलङ्का छन् ।

नेपाली महिला यु–२० मा बिर्सना चौधरी कप्तान रहेकी छन् । खेलाडीमा लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पन्दाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मियाँ, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर रहेका छन् ।

४ टोलीको सहभागिता रहेको च्याम्पियनसिप डबल राउन्ड रोबिनका आधारमा हुनेछ । सबै टोलीले एकअर्कासँग २ पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस