५ प्रतिशतले घट्यो वाणिज्य बैंकको खुद नाफा, कुनले कति आर्जन गरे ?

अनलाइनसमय |
२९ असार २०८२
५ प्रतिशतले घट्यो वाणिज्य बैंकको खुद नाफा, कुनले कति आर्जन गरे ?

काठमाडौं, २९ असार । चालू आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूको खुद नाफा घटेको छ । पछिल्लो तथ्याङ्क अनुसार २० ओटा वाणिज्य बैंकहरूको खुद नाफा करिब ५ प्रतिशतले घटेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिमा यस्तो बैंकको खुद नाफा ४ दशमलव ९६ प्रतिशत घटेकोे हो । गत जेठसम्ममा बैंकहरूको खुद नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा ५६ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

आवको जेठसम्ममा धेरै खुद नाफा गर्नेमा नबिल बैंक रहेको छ । बैंकले ६ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ, जुन गत आवको यसै अवधिको तुलनामा १ दशमलव १० प्रतिशत बढी हो । यस बैंकले गत वर्षको जेठसम्ममा ६ अर्ब ३३ करोड खुद नाफा गरेको थियो ।

यसपछि ग्लोबल आईएमईले ६ अर्ब ३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब ६८ करोड र एभरेष्टले ४ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

खुद नाफा धेरै आर्जन गर्ने बैंकहरू (रू. करोडमा)

राष्ट्र बैंकको तथ्याङ्क हेर्दा गत आवको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिमा ११ ओटा वाणिज्य बैंकको खुद नाफा बढेको छ भने ९ ओटामा ह्रास (कम नाफा) आएको छ । सो अवधिमा सबै भन्दा कम खुद नाफा गर्नेमा कुमारी बैंक रहेको छ । बैंकले गत आवको जेठसम्ममा १ अर्ब ६७ करोड खुद नाफा गरेको थियो भने चालू आवको सोही अवधिमा ३७ करोड रुपैयाँ नाफा गरेको छ ।

यस्तै एनआईसी एशिया ८२ करोड, हिमालयन ९० करोड र सिटिजन्स १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्याङ्क छ ।

खुद नाफा कम आर्जन गर्ने बैंकहरू (रू. करोडमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस