३५.०९ अङ्कले घट्यो नेप्से, कारोबार रकममा पनि ह्रास

अनलाइनसमय |
३० असार २०८२
३५.०९ अङ्कले घट्यो नेप्से, कारोबार रकममा पनि ह्रास

काठमाडौं, ३० असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३५ दशमलव ०९ अङ्कले घटेर दुई हजार ७२५ दशमलव ७१ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ५० धितोपत्रको शेयर मूल्य बढ्दा १९८ को घटेको छ । यसदिन कुल ३२१ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार हाइड्रोपावर शून्य दशमलव १५ प्रतिशत बाहेक सबै समूहको उपसूचक घटेको छ ।

यसदिन बैंकिङ २ दशमलव ४६, विकास बैंक १ दशमलव ४८, जीवन बीमा १ शदमलव ३६, लगानी १ दशमलव २५, अन्य १ दशमलव २४, माइक्रोफाइनान्स १ दशमलव २३, फाइनान्स १ दशमलव १३, निर्जीवन बीमा १ शदमलव ०५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७८, व्यापार शून्य दशमलव ६४, होटेल तथा पर्यटन शून्य दशमलव २५ र म्युचुअल फण्ड शून्य दशमलव १७ प्रतिशतले ह्रास आएको छ ।

फाइनान्स शून्य दशमलव ३८ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।

आज माइ खोला हाइड्रोपावर ५ दशमलव ९, हिमालयन हाइड्रोपावर ४ दशमलव ४८, जोशी हाइड्रोपावर एण्ड डेभलपमेन्टको शेयर मूल्य ४ दशमलव ४३ प्रतिशतले बढेको छ ।

आज सामुदायिक लघुवित्त ४ दशमलव ४६, धौलागिरी लघुवित्त ४ दशमलव ३४, लक्ष्मी सनराइज बैंक ३ दशमलव ८६, नेपाल इन्भेष्टमेगा मेगा बैंक ३ दशमलव ८ र सिटिजन्स बैंक इन्टरनेसको शेयर मूल्य ३ दशमलव ७४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस