काठमाडौं, ३१ असार । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यले भने घटेको छ । सोमबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।