घुस डिल काण्डमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

अनलाइनसमय |
३१ असार २०८२
घुस डिल काण्डमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं, ३१ असार । घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि चर्किएको विवादका बीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । मन्त्री गुप्ताले मंगलबार बिहान आफ्नो राजीनामा एमाले पार्टी सचिवालयमा बुझाएका हुन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि गुप्ताले पदबाट राजीनामा दिएको पुष्टि गरे ।

गुप्ता हालै सार्वजनिक भएको एक अडियोमा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्ने र उनलाई भूमिसम्बन्धी आयोगको जिल्ला अध्यक्ष बनाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस मागेको आरोपमा मुछिएका थिए ।

यस प्रकरणपछि एमालेभित्रैबाट गुप्ताको आलोचना सुरु भएको थियो । उनीमाथि राजीनामाको दबाब पनि परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस