काठमाडौं, १ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकोजल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका केही स्थानहरुमा हावाहुरिको पनि सम्भावना छ ।
महाशाखाका अनुसार आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी र मधेश लगायत देशका पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ ।
