सार्वजनिक सम्पत्तिको बीमा : बहस मात्र कि कार्यान्वयन पनि ? (अन्तरवार्ता)
अनलाइनसमय |
३ साउन २०८२
कुनै पनि मुलुकको अर्थतन्त्रमा जीवन बीमा जस्तै निर्जीवन बीमाको पनि ठूलो योगदान हुन्छ । निर्जीवन बीमा पनि जोखिम हस्तान्तरणकै उपयुक्त उपकरण हो । यसको आफ्नै महत्व र भूमिका हुन्छ । हामीले दैनिक जीवनमा भोगिरहेका विविध जोखिमहरू, जस्तै दुर्घटना, आगलागी, बाढीपहिरो, घरसम्पत्तिमा क्षति, कृषिबाली नष्ट, पशुचौपाया मरेको वा सवारी दुर्घटनाजस्ता असंख्य जोखिमहरूबाट सुरक्षा पाउन निर्जीवन बीमा आवश्यक छ । निर्जीवन बीमा उद्योग, व्यवसाय, सार्वजनिक सम्पत्ति, बाली तथा पशुधन आदि भौतिक वस्तु तथा संसाधनको सुरक्षा कवच हो । त्यसमा पनि नेपालजस्तो प्राकृतिक प्रकोपले अति संवेदनशील देशमा घर–सम्पत्ति, कृषि र सार्वजनिक पूर्वाधारको बीमा निकै आवश्यक देखिएको छ ।
यस विषयमा हिमालय टेलिभिजनमा बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपालबीमक संघका प्रमुख कार्यकारी अधिकृत तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि.का अध्यक्ष वीरेन्द्र बैदवार क्षेत्रीसँग गरिएको कुराकानी :