एक वर्षमा १०५ वटा पक्की पुल र १० वटा बेलीब्रिज निर्माण

अनलाइनसमय |
२ साउन २०८२
एक वर्षमा १०५ वटा पक्की पुल र १० वटा बेलीब्रिज निर्माण

काठमाडौं, २ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पछिल्लो एक वर्षमा भौतिक संरचना निर्माण र नीतिगत सुधारका क्षेत्रमा उल्लेखनीय सफलता हात परेको जनाएको छ । मन्त्री देवेन्द्र दाहालले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालको समीक्षा गर्दै यिस्तो बताएका हुन् ।

मन्त्री दाहालका अनुसार यो अवधिमा हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नु सबैभन्दा ठूलो उपलब्धि हो । अब नेपालका सबै ७७ वटै जिल्ला सदरमुकाममा सडक यातायातको पहुँच पुगेको उनले बताए । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न यातायात पूर्वाधारको विकास अपरिहार्य छ । यो एक वर्षमा हामीले हुम्लालाई सडक सञ्जालमा जोडेर ऐतिहासिक उपलब्धि हासिल गरेका छौं,’ उनले भने ।

मन्त्रालयले आर्थिक वर्ष (आव) २०८१/८२ मा विगत ६ वर्षयताकै सबैभन्दा उच्च पूँजीगत खर्च गर्ने सफलता पनि हासिल गरेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार गत आवमा कुल ७६ दशमलव ४१ प्रतिशत पूँजीगत खर्च गरिएको छ, जुन राष्ट्रिय औसतभन्दा करिब १३ प्रतिशतले बढी हो ।

यातायात पूर्वाधार विस्तारको क्रममा मन्त्रालयले ९३० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । तर लक्ष्यभन्दा बढी ९३२ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । साथै १०५ वटा पक्की पुल र १० वटा बेलीब्रिज निर्माणसमेत सम्पन्न गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस