काठमाडौं, २ साउन । सरकारले आर्थिक वर्ष (आव) २०८१/८२ मा लक्ष्यको करिब ४५ प्रतिशत मात्र वैदेशिक अनुदान प्राप्त गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा वार्षिक लक्ष्यको ४४ दशमलव ९७ अर्थात् २३ अर्ब ५२ करोड रुपैयाँ मात्रै प्राप्त भएको हो ।
सरकारले विभिन्न देशसँग लिएको अनुदानमध्ये नगद अनुदान ३ अर्ब ७४ करोड, शोधभर्ना हुने अनुदान १३ अर्ब ३९ करोड, सोझै भुक्तानी हुने अनुदान ४ खर्ब ७५ करोड र वस्तुगत सहायता १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।
सरकारले गत आवमा ५२ अर्ब ३२ लाख रुपैयाँ वैदेशिक अनुदानको लक्ष्य राखेको थियो भने चालू आव २०८२/८३ का लागि ५७ अर्ब ५० करोड रुपैयाँ अनुदानको लक्ष्य राखेको छ ।