काठमडौं, ४ साउन । गए राति देशभरका विभिन्न स्थानमा भएको वर्षापछि आएको बाढीपहिरोका कारण मुलुकका ११ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नेपाल प्रहरीले दिएको आइतबार मध्यान्ह १२ बजेसम्मको जानकारीअनुसार वर्षापछिको बाढीपहिरोका कारण ११ वटा सडक पूर्ण रुपमा अवरुद्ध हुँदा ५ वटा एकतर्फी सञ्चालनमा आएको छ ।
बाढीपहिरोले पाँचथरको मेची राजमार्ग, तमोर–करिडोर सडक खण्ड र मध्य – पहाडी लोक–मार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ । त्यस्तै अविरल वर्षाका कारण संखुवासभाको भोटेखोला बरुणस्थित कोशी राजमार्ग अवरुद्ध छ । यो राजमार्ग जेठ ६ गतेदेखि अझै सञ्चालनमा आउन सकेको छैन ।
गत असार २४ गते रसुवामा गएको बाढीले नेपाल र चीन नाका जोड्ने पुल र पासाङ ल्हामु राजमार्ग पूर्ण रुपमा बन्द छ । त्यस्तै बाग्लुङ नगरपालिका १० स्थित दब्ल्याङमा पहिरो जाँदा कालिगण्डकी करिडोर पूर्ण रुपमा बन्द छ ।
प्रहरीका अनुसार मुस्ताङको छुसाङ र ताङब्रेमा पहिरो जाँदा जोमसोम– लोमाङथाङ सडक, रोल्पाको सडक राजमार्ग, बैतडीको महाकाली राजमार्ग पहिरोले पूर्ण रुपमा अवरुद्ध छ । त्यस्तै रुकुमपश्चिमको आठबिसकोट स्थित रिजिगारमा बाढीले जाजरकोट डोल्पा भेरी करिडोर सडक पूर्ण रुपमा बन्द छ ।
त्यसैगरि काठमाडौँ–नुवाकोट सडक, बागलुङको कालीगण्डकी करिडोर सडक र मध्यपहाडी राजमार्ग, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर सडक र रोल्पाको सहीद राजमार्गमा एकतर्फी मात्रै गाडी चलिरहेको प्रहरीले जनाएको छ ।
यी हुन् अबरुद्ध भएका सडक :
