काठमाडौं, ४ साउन । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच वार्ता सुरु भएको छ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भर्खरै अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच वार्ता सुरु भएको हो । आज दिउँसो ३ बजेका लागि भेटवार्ताको तय भए पनि प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण केहीबेर ढिलोगरी सुरु भएको हो ।
पूर्व राष्ट्रपति भण्डारीले एमालेको पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै पार्टीका उच्चस्तरीय नेतासँगको भेट तीव्र बनाएकी छन् ।