रसुवा बाढी : ९ कम्पनीमा २९ करोडको बीमा दाबी

अनलाइनसमय |
५ साउन २०८२
रसुवा बाढी : ९ कम्पनीमा २९ करोडको बीमा दाबी

काठमाडौं, ५ साउन । रसुवाको ल्हेन्देखोलामा आएको भीषण बाढीले ठूलो मात्रामा जनधनको क्षति गरेपछि बीमा कम्पनीहरूमा करिब २९ करोड बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बीमा दाबी परेको हो ।

हालसम्म ९ कम्पनीमा ६३ वटा दाबी संख्या दर्ता भइसकेका छन् । बाढीबाट सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार बराबरको १० वटा दाबी परेका छन् । त्यसैगरी नेको इन्स्योरेन्समा ५ करोड २० लाख बराबरको तीनवटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३ करोड ४१ लाख ५० हजार बराबरको सातवटा दाबी परेका छन् ।

नेपाल इन्स्योरेन्समा १२ वटा दाबीमार्फत १ करोड २८ लाख ५० हजारको क्षति विवरण पेश गरिएको छ भने सानिमा जीआईसी इन्स्योरेन्स, आइजीआई प्रूडेन्सियल, युनाइटेड अजोड, एनएलजी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा समेत विभिन्न संख्यामा बीमा दाबी परेका छन् ।

बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल, सीमामा रहेको निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय तथा पार्किङ गरिएका दर्जनौं सवारीसाधन बगेका थिए । त्यस्तै रसुवागढी जलविद्युत् आयोजना लगायतका भौतिक पूर्वाधारमा समेत क्षति पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस