काठमाडौं, ६ साउन । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्तितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन सोमबार सुन १ लाख ९३ हजार ७ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।