६३.७३ अङ्कले घटेको नेप्से २,८५८.९ बिन्दुमा

अनलाइनसमय |
१८ साउन २०८२
६३.७३ अङ्कले घटेको नेप्से २,८५८.९ बिन्दुमा

काठमाडौं, १८ साउन । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आज नेप्से परिसूचक ६३ दशमलव ७३ अङ्कले घटेर दुई हजार ८५८ दशमलव ९ बिन्दुमा कायम भएको हो ।

आज ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १६ धितोपत्रको शेयर मूल्य बढ्दा २२३ को घटेको छ । यसदिन कुल ३१९ धितोपत्र कारोबारमा आएका छन् ।

आइतबार सबै समूहको उपसूचक घटेको छ । यसदिन अन्य समूहको उपसूचक सर्वाधिक ३ दशमलव ४९ प्रतिशतले ह्रास आएको छ ।

यस्तै माइक्रोफाइनान्स ३ दशमलव ०५, उत्पादन तथा प्रशोधन २ दशमलव ४३, बैंकिङ २ दशमलव २७, लगानी २ दशमलव १९, जीवन बीमा २ दशमलव १६, निर्जीवन बीमा १ दशमलव ७३, विकास बैंक र फाइनान्सको समान १ दशमलव ६६, व्यापार १ दशमलव ४३, होटेल तथा पर्यटन १ दशमलव १७, हाइड्रोपावर १ दशमलव ३ र म्युचुअल फण्ड समूहको उपसूचक १ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा शिव श्री हाइड्रोपावर र ट्रेड टावर रहेका छन् । यस्तै थ्री स्टार हाइड्रोपावर ४ दशमलव ५५, नारायणी डेभलपमेन्ट बैंक ३ दशमलव ८६ र लुम्बिनी विकास बैंकको शेयर मूल्य २ दशमलव ५ प्रतिशतले बढेको छ ।

आज सान्भी इनर्जीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै समता घरेलु लघुवित्त ९ दशमलव ९६, ग्रिन भेन्चर्स ५ दशमलव ७७, सिक्लेस हाइड्रोपावर ५ दशमलव ५८ र उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ५ दशमलव ५२ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस