कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्यो, कुन क्षेत्रमा कति कोटा ?

अनलाइनसमय |
१९ साउन २०८२
कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्यो, कुन क्षेत्रमा कति कोटा ?

काठमाडौं, १९ साउन । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुला गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो ।

ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो । एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो ।

उक्त क्षेत्रको भाषा परीक्षामा ५ हजार ३०० कोटा तोकिएको छ, जसमध्ये ३ हजार ५०० उत्पादनमूलक क्षेत्र र १ हजार ८०० कृष तथा पशुपालन क्षेत्रको कोटा रहेको छ ।

एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र फारम भर्न पाउनेछ । भाषा परीक्षाको उत्र्तिण परीक्षार्थीहरूले मात्र दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी भएर उत्र्तिण भएपछि मात्रै रोजगार आवेदन फारम भर्ना पाउने सूचनामा उल्लेख छ ।

कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ । भाषा परीक्षामा सहभागी हुन आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म फारम भर्न सक्ने शाखाले जनाएको छ । परीक्षा भने काठमाडौंमा हुनेछ । आवेदन फारम शुल्क अमेरिकी डलर २८ लाग्नेछ ।

१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैह्र कानूनी रूपमा बसोबासगरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्ने योग्यता रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस