काठमाडौं, २६ साउन । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार १ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ९९ हजार १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले उच्च रेकर्ड बनाएको थियो । त्यसयता दुइदिन भने लगातार घटिरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आइतबार प्रतितोला २ हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।