सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ योजनाको लाभांश घोषणा

अनलाइनसमय |
२६ साउन २०८२
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ योजनाको लाभांश घोषणा

काठमाडौं, २६ साउन । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका ३ बन्दमूखी योजनाले लाभांश घोषणा गरेका छन् । । फण्डहरुले गतवर्षको मूनाफाबाट इकाईधनीलाई २० र १७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।

सिद्धार्थ इक्विटी फण्डले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट इकाईधनीलाई करसहित २० प्रतिशत हुन आउने ३० करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने भएको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले पनि इकाईधनीलाई २० प्रतिशतले हुन आउने २४ करोड रुपैयाँ बराबरको लाभांश घोषणा गरेको छ ।

त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले करसति १७ प्रतिशत हुन आउने १३ करोड ६९ लाख८६ हजार रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने भएको छ ।

सिद्धार्थ क्यापिटल व्यवस्थापक रहेको तीन वटै आयोजनाको प्रवर्धक सिद्धार्थ बैंक रहेको छ । यी इकाईको बुक क्लोज मिति सूचना पछि प्रकाशन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस