काठमाडौं, २६ साउन । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २७ दशमलव ९० अङ्कले घटेर दुई हजार ८२२ दशमलव ४६ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर किनबेच हुँदा १० अर्ब २१ करोड १ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ८ अर्ब ५३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ३० धितोपत्रको शेयर मूल्य बढ्दा २२० को घटेको छ । यसदिन कुल ३२४ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार १३ समूहको उपसूचकमध्ये ११ ओटा उपसूचकको घटेको छ । यसदिन अन्य शून्य दशमलव ३१ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव १७ बढेको छ ।
यस्तै माइक्रोफाइन्स २ दशमलव ३५, विकास बैंक २ दशमलव ३१, व्यापार १ दशमलव ४४, हाइड्रोपावर १ दशमलव ४१, फाइनान्स १ दशमलव २७, निर्जीवन बीमा १ दशमलव २४, लगानी १ दशमलव १७, होटेल तथा पर्यटन शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन र हाइड्रोपावर ७५, बैंकिङ शून्य दशमलव ४१, जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ८ प्रतिशतले घटेको छ ।
आज रिभर फल्स पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै पञ्चकन्या माइ हाइड्रोपावर ६ दशमलव ८७, सिदार्थ इन्भेष्टमेन्ट ग्रोथ ४ दशमलव १५, सिदार्थ इक्यूटि फण्ड ३ दशमलव ६३ र बुद्वभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ४७ प्रतिशतले बढेको छ ।
आज उन्नति सहकार्य दघुवित्त ७ दशमलव ६४, ट्रेड टावर ७ दशमलव ०६, सीवाईसी नेपाल लघुवित्त ५ दशमलव ७४ र विन नेपाल लघुवित्तको शेयर मूल्य ५ दशमलव ७२ प्रतिशतले ह्रास आएको छ ।