काठमाडौं, २६ साउन । नेपालबाट बंगलादेशतर्फको निर्यात विस्तारका लागि उच्च सम्भावना देखाउने नयाँ अध्ययन सार्वजनिक भएको छ । साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती)ले जारी गरेको प्रतिवेदनका अनुसार हार्मोनाइज्ड सिस्टम (एचएस) कोड ६ मा आधारित १०३ प्रकारका उत्पादन बंगलादेशमा निर्यातको सम्भावना देखाएको हो ।
अध्ययनले विस्तृत कार्यविधि प्रयोग गर्दै ८–अङ्के एचएस कोड स्तरमा १६४ उत्पादन पहिचान गरेको हो, जसको सरलीकृत स्वरूप ६–अङ्के कोडमा १०३ उत्पादन बन्छ । तीमध्ये २६ कृषि र ७७ गैर–कृषि उत्पादन रहेका छन् । ‘खनिज तथा धातु’ समूहमा सबैभन्दा धेरै वस्तु छन् भने ‘तेलविजन बियाँ, चिल्लो पदार्थ र तेल’ मूल्यका हिसाबले अगाडि छन् । कपडा वर्गले पनि उच्च निर्यात सम्भावना देखाएको छ ।
पहिचान गरिएका अधिकांश वस्तुको बंगलादेशतर्फको निर्यात अहिले नगण्य रहेको तर प्रतिवेदनले देखाएको छ ।