आज यी स्थानमा धेरै पानी पर्ने सम्भावना

अनलाइनसमय |
२७ साउन २०८२
आज यी स्थानमा धेरै पानी पर्ने सम्भावना

काठमाडौँ, २७ साउन । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

देशका पहाडी भूभागका धेरै स्थान र मधेस प्रदेशलगायत अन्य प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर पूर्णतया बदली रहने महाशाखाले जनाएको छ । मधेसलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागका धेरै स्थान र अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईको भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस