काठमाडौं, २७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण बन्द गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको विमानस्थलको कार्यालयले सूचना जारी गर्दै आजदेखि भिजिटर पास वितरण बन्द गरेको जानकारी दिएको हो ।
‘व्यक्तिगत सहायता आवश्यक पर्ने बृद्ध–बृद्धा, शारीरिक रुपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुहरुका लागि सहायता कक्षको व्यवस्था गरिएको व्यहोरा विदितै छ,’ कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘व्हिलचेयर लगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजिकरण भैरहेको छ । चेक इन ब्यागेज सङ्ख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा नै उल्लेख हुने भएकोले सोही व्यवस्थालाई पालना गरिदिनु हुन समेत अनुरोध गरिन्छ ।’
यो सूिचना अनुसार अबदेखि यात्रुका आफन्त भिजिटर पास लिएर टर्मिनल भवनभित्र जान पाउने छैनन् ।
