काठमाडौं, २८ साउन । सरकारले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई नगद पुरस्कार दिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत गत सोमबार बसेको मन्त्रिपरिषदले प्रोत्साहन स्वरुप ढाँटलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीका अुनसार ढाँटका प्रशिक्षकलाई पनि दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय भएको छ । ओलीले नेपाललाई पहिलो पटक उपाधि दिलाउन सफल भएकोमा ढाँटलाई फेरि पनि बधाई दिएका छन् ।
गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा ढाँटले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका थिए ।