काठमाडौं, २८ साउन । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव ५० अङ्कले घटेर दुई हजार ७८५ दशमलव ७४ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १६ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ८९ धितोपत्रको शेयर मूल्य बढ्दा १५९ को घटेको छ । यस्तै १ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२१ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार विकास बैंक शून्य दशमलव ३५, म्युचुअल फण्ड १७, फाइनान्स शून्य दशमलव ०४ र अन्य समूहको उपसूचक ०३ प्रतिशतले बढेको छ ।
यसैगरी बैंकिङ व्यापार १ दशमलव ५, शून्य दशमलव ६९, जीवन बीमा शून्य दशमलव ५६, होटेल तथा पर्यटन शून्य दशमलव ५४, निर्जीवन बीमा शून्य दशमलव २७, माइक्रोफाइनान्स शून्य दशमलव २२, हाइड्रोपावर शून्य दशमलव ३, लगानी शून्य दशमलव २ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले घटेको छ ।
आज माया खोला हाइड्रोपावर ५ दशमलव ७४, सानिमा लार्ज क्याप फण्ड ४ दशमलव ३२, नेपाल रिपब्लिक मिडिया ३ दशमलव ६६, सप्तकोशी डेभलपमेन्ट बैंक ३ दशमलव ३३ र समाज लघुवित्तको शेयर मूल्य ३ दशमलव ३१ प्रतिशतले बढेको छ ।
आज सिक्लेस हाइड्रोपावर ७ दशमलव २२, बलेफि हाइड्रोपावर ३ दशमलव ४५ र उपकार लघुवित्तको शेयर मूल्य २ दशमलव ८३ प्रतिशतले ह्रास आएको छ ।