आज सामान्य बढ्यो सुनको मूल्य

अनलाइनसमय |
२९ साउन २०८२
आज सामान्य बढ्यो सुनको मूल्य

काठमाडौं, २९ साउन । नेपाली बजारमा केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य आज भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा एक सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस