छिमेक लघुवित्तलाई ‘संस्थागत उत्कृष्ट उद्यमशीलता विकास पुरस्कार

अनलाइनसमय |
२९ साउन २०८२
छिमेक लघुवित्तलाई ‘संस्थागत उत्कृष्ट उद्यमशीलता विकास पुरस्कार

काठमाडौं, २९ साउन । स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिकोत्सवको अवसरमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ‘संस्थागत उत्कृष्ट उद्यमशीलता विकास पुरस्कार’ प्रदान गरिएको छ । नगद दुई लाख रुपैयाँ राशीको यो पुरस्कार सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङमार्फत संस्थाका अध्यक्ष रामचन्द्र जोशीले ग्रहण गरेका हुन् ।

समारोहमा विभिन्न क्षेत्रका गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। आयोजक संस्थाले छिमेक लघुवित्तको ग्रामीण आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन र वित्तीय पहुँच विस्तारमा पु¥याएको योगदानको प्रशंसा गरेको थियो ।

छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले ‘अबको निकास, घर–घरमा उद्यमशीलता विकास’ भन्ने नारासहित संस्था सदस्यहरूको आम्दानी वृद्धि र रोजगारी सिर्जनामा अग्रसर रहेको बताए । उनका अनुसार संस्थाले उद्यमशीलता विकासका लागि छुट्टै विभाग स्थापना गरी कृषि तथा पशु प्राविधिकहरूको नियुक्ति, कर्मचारी तालिम, व्यवसाय प्रवद्र्धन कार्यक्रम र डिजिटल साक्षरता तालिम सञ्चालन गरिरहेको छ ।

उद्यमशीलता तालिमले सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै आर्थिक तथा सामाजिक समृद्धिमा टेवा पुर्‍याएको उनले बताए छ । यसले सदस्यहरूले लिएको कर्जा सदुपयोग हुन, नियमित किस्ता र बचत सहज बन्ने, र लघुवित्तप्रति विश्वास बढ्न मद्दत गरेको छ ।

कार्यक्रममा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार श्रेष्ठ, सहायक महाप्रबन्धक निकेश अधिकारी, सामाजिक विकास तथा ग्राहक संरक्षण विभागका वरिष्ठ विभागीय प्रमुख तारा नाथ महतोलगायत सहभागिता थियो ।

यस्तै जीवन विकासका संस्थापक तथा प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डललाई दुई लाख रुपैयाँ राशीको ‘शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार’ प्रदान गरिएको छ । यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ ।

सोही अवसरमा जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डललाई ‘वातावरण मैत्री स्वावलम्बन गाउँ’को प्रवद्र्धन तथा विकासमा योगदान पुर्‍याएबापत मन्त्री गुरुङले प्रशंसा पत्र प्रदान गरे ।

ग्रामीण महिला उत्थान केन्द्र, दाङलाई ‘थ्री जिरो क्लब’ गठन र प्रवद्र्धनमा उत्कृष्ट सहयोगी संस्था घोषणा गरिएको छ भने छिमेक लघुवित्तका प्रबन्धक प्रकाश राजवंशीलाई क्लब गठनमा सक्रिय भूमिकाबापत प्रशंसा पत्र प्रदान गरिएको छ ।

समापनमा अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त कार्यक्रमले समाजमा ल्याएको आर्थिक तथा सामाजिक परिवर्तनबारे प्रकाश पार्दै सबैमा आभार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस