काठमाडौं, २९ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक २ दशमलव ६२ अङ्कले बढेर दुई हजार ७८८ दशमलव ३६ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ६ अर्ब १६ करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज १०८ धितोपत्रको शेयर मूल्य बढ्दा १४१ को घटेको छ । यसदिन कुल ३२० धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार अन्य १ दशमलव ८, व्यापार शून्य दशमलव ९७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७, लगानी शून्य दशमलव १७ र विकास बैंक शून्य दशमलव १६ प्रतिशतले बढेको छ ।
यसदिन बैंकिङ शून्य दशमलव ५५, फाइनान्स शून्य दशमलव ५३, म्युचुअल फण्ड शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव २२, माइक्रोफाइनान्स शून्य दशमलव १२, जीवन बीमा शून्य दशमलव ०५, हाइड्रोपावर शून्य दशमलव २ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले घटेको छ ।
आज नेपाल रिपब्लिक मिडियाको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै पञ्चकन्या माइ हाइड्रोपावर ५ दशमलव ५६, कुमारी सवल योजना ४ दशमलव ६३ र राधी विद्युत्को शेयर मूल्य ४ दशमलव ४३ प्रतिशतले बढेको छ ।
यसदिन एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड ८ दशमलव ३१, एनआइसी एशिया सेलेक्ट फण्ड ६ दशमलव ७७, एनआइसी एशिया ब्यालेन्स्ड फण्ड ६ दशमलव ६४, नेपाल बैंक ५ दशमलव ९१ र सनराइज ब्लुसिप फण्डको शेयर मूल्य ४ दशमलव २६ प्रतिशले ह्रास आएको छ ।