काठमाडौं, २९ साउन । मममा फलामको औँठी भेटिएपछि काठमाण्डौ महानगरले सुन्धारामा रहेको धरहरा टपरी ममलाई दुई लाख रुपैयाँ जरीवाना तोकेको छ । खाद्य स्वच्छता उल्लङ्घन गरेको पाइएपछि जरीवाना तोकेको महानगरले जनाएको हो ।
महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवम् निरीक्षण अधिकारी नुरनिधि न्यौपानेले धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताए ।
महानगरले व्यवसाय सञ्चालकलाई जरीवाना रकम ७ दिनभित्र बैंकमार्फत जम्मा गरी त्यसकोे जानकारीसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
स्तो कारबाही गरिएको हो ।