नागरिक पेन्सन योजना : मासिक रू. ५ सय योगदानले जीवनभर पेन्सन सुविधा (अन्तरवार्ता)
अनलाइनसमय |
३१ साउन २०८२
काठमाडौं, ३१ साउन । नागरिक लगानी कोष वित्तीय रूपमा थप अब्बल बन्दै गएको छ । कोषले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार कोषका अधिकांश वित्तीय सूचक सकारात्मक देखिएका छन् । आर्थिक विकासका लागि सर्वसाधारण नागरिकलाई बचतमा प्रोत्साहन, पूँजी तथा लगानीका अवसर बढाउन तथा पूँजी बजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले कोषको स्थापना भएको थियो । कोषले सर्वसाधारण, विभिन्न संगठित संघसंस्थाका कर्मचारी, श्रमिक तथा संगठित संघसंस्थाहरूबाट समेत विभिन्न कार्यक्रम अन्तर्गत बचत संकलन गरी संकलित बचत रकमलाई दक्ष र व्यावसायिक ढंगबाट लगानी व्यवस्थापन गर्दै आएको छ । कोषमा आबद्ध नागरिकलाई कोषले विभिन्न अवकाश योजनाका साथै कर्जा सुविधा समेत दिँदै आएको छ । कोषका योजना तथा कार्यक्रममा नागरिकको आकर्षण समेत बढ्दै गएको छ । साढे ३ दशकको यात्रा पूरा गरिसकेको कोषको वित्तीय अवस्था, योजना तथा कार्यक्रम र तिनको प्रभावकारिता कस्तो छ त ? साथै आगामी दिनमा कोष के कसरी अघि बढ्दै छ ? यस विषयमा हिमालय टेलिभिजनमा बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नागरिक लगानी कोष निर्देशक (सीए) शोभा श्रेष्ठसँग गरिएको कुराकानी :