तोलामा ७ सयले घट्यो सुनको मूल्य

अनलाइनसमय |
१ भदौ २०८२
तोलामा ७ सयले घट्यो सुनको मूल्य

काठमाडौं, १ भदौ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबारर सुन प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस