काठमाडौं, १ भदौ । भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा टोलीलाई बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा र बिकास नारायण श्रेष्ठ, उपमहासचिव बद्री भट्टराई, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, प्राविधिक निर्देशक हरि खड्कालगायत अन्य अधिकारीहरूको उपस्थिति थियो ।
साफ यू–१७ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको प्रशिक्षक तथा कप्तानले बताएका छन् ।

यही भदौ ४ (अगस्त २०) गतेदेखि १५ गते (अगस्त ३१ सम्म)सम्म भुटानमा साफ यु–१७ महिला च्याम्पियनसिप २०२५ आयोजना हुँदै छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिदै छन् । हरेक देशले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि शिर्ष स्थानमा रहने टिम विजेता बन्ने छ ।
नेपालले यस प्रतियोगिता अगस्त २० मा भारतसँग खेल्नेछ । त्यस्तै अगस्त २२ मा भुटानसँग, अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका छ ।
नेपाली टोली :
गोलकिपरः झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ ।
डिफेन्डरः दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक ।
मिडफिल्डरः डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल ।
फरवार्डः अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल ।







तस्बिरहरू : एन्फा