एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ फण्डले गरे प्रतिफल घोषणा

अनलाइनसमय |
३ भदौ २०८२
एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ फण्डले गरे प्रतिफल घोषणा

काठमाडौं, ३ भदौ । एनएमबि क्यापिटलको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ फण्डले गत आर्थिक वर्षको प्रतिफल घोषणा गरेका छन् ।

एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषाा गरेका हुन् ।

प्रतिफल वितरण प्रयोजनार्थको लागि यी दुबै फण्डहरुले भदौ १३ गते बुकक्लोज गर्ने जनाएको छ, जसअनुसार भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र यी फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

साथै यसै म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एमएबि हाइब्रिड फण्ड एल २ ले गत आर्थिक वर्षका लागि कुनै लाभांश वितरण नगर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस