काठमाडौं, ३ भदौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिन आज (भदौ ३ गते) अन्तिम दिन रहेको छ ।
लघुवित्तले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो ।
कम्पनीलाई धितोपत्र बोर्डले जारी पूँजीको ४० प्रतिशत बराबर २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो । यसमध्ये १ हजार १५५ कित्ता कर्मचारी, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोष र २३ हजार १०० कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो ।
अब बाँकी रहेका १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आवेदन खुला गरिएको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् ।
आईपीओलाई इक्रा नेपालले इक्राएनपी इश्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ, जसले उच्च जोखिमको संकेत गर्दछ ।