खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्काशन खुला

अनलाइनसमय |
३ भदौ २०८२
खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्काशन खुला

काठमाडौं, ३ भदौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । यसअघि कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो, जसअनुसार असार २६ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् ।

कम्पनीले हाल कायम प्रत्येक १ कित्ता शेयर बराबर नयाँ १ कित्ता दिने अनुपातमा हकप्रद ल्याएको हो । यस अन्तर्गत ४६ लाख ५७ हजार १४३ कित्ता शेयर निष्काशन हुँदैछ, जसको कुल मूल्य ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबर पर्छ । प्रतिशेयर मूल्य १०० रुपैयाँ तोकिएको छ ।

यस हकप्रदमा आवेदन दिन भदौ २३ गतेसम्मको समय तोकिएको छ ।

हकप्रद निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

शेयर बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक कार्यालयसँगै कुमारी बैंक र सिटिजन्स बैंकका विभिन्न शाखाबाट आवेदन दिन सक्नेछन् । साथै आस्बा सेवा दिने बैंक तथा वित्तीय संस्थाबाट वा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस