काठमाडौं, ३ भदौ । नेपाल बैंक लिमिटेड र ओम अध्याय रिट्रिट प्रा.लि.बीच सम्झौता भएको छ ।
सोमबार बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रा.लि. को तर्फबाट बिक्रि निर्देशक सुजन अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकका कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई ओम अध्याय रिट्रिट प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने पाउनेछन् ।
सो कम्पनी मकवानपुरको थाहा नगरपालिका १३, बज्रबाराहीमा रहेको छ ।