ब्रिलियन्ट एजुकेशनको ‘एड्मिसन डे’ सम्पन्न

अनलाइनसमय |
४ भदौ २०८२
ब्रिलियन्ट एजुकेशनको ‘एड्मिसन डे’ सम्पन्न

काठमाडौं, ४ भदौ । ब्रिलियन्ट एजुकेशन एन्ड करिअर सर्भिसेसले ‘एड्मिसन डे’ सम्पन्न गरेको छ । ब्रिलियन्ट एजुकेशनको कार्यालयमा बुधबार वैदेशिक अध्ययनका इच्छुक विद्यार्थीलाई लक्षित गर्दै सो कार्यक्रम सम्पन्न भएको हो ।

अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, न्युजिल्याण्ड, जर्मनीलगायत मुलुकका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूले शैक्षिक परामर्श गराएका थिए । यस्तै विद्यार्थीले अध्ययनका अवसर, भर्ना प्रक्रिया र छात्रवृत्ति सम्बन्धी जानकारी पाए ।

वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई सहज र व्यवस्थित परामर्श उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस