काठमाडौं, ५ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । आज सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
आज राती देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गणडकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
ःभतभयचययिनष्अब िब्लबथिकष्क