काठमाडौं, ६ भदौ । मेची भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव)को एक महिना (साउन)मा करिब साढे १ अर्बबढि राजस्व संकलन गरेको छ ।
कार्यालयका अनुसार गत साउन १ गतेदेखि साउन मसान्तसम्ममा १ अर्ब २६ करोड ५० लाख रुपैयाँ संकलन भएको छ, जुन मासिक लक्ष्यको ९० दशमलव ३२ प्रतिशत हो । कार्यालयले साउनमा १ अर्ब ४० करोड ७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।
गत आवको तुलनामा चालू आवको राजस्व संकलन ७ दशमलव ७४ प्रतिशत बढेको छ । आव २०८१/८२ को पहिलो महिनामा १ अर्ब १७ करोड ४० लाख रुपैयाँ संकलन भएको थियो ।