काठमाडौं, ६ साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा १३ सयले बढेर १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला २ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।