एक महिनामै करिब साढे ३ अर्बको स्मार्टफोन आयात

अनलाइनसमय |
८ भदौ २०८२
एक महिनामै करिब साढे ३ अर्बको स्मार्टफोन आयात

काठमाडौं, ८ भदौ । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिना (साउन)मा करिब साढे ३ अर्बका स्मार्टफोन भित्रिएको छ । भन्सार विभागका अनुसार गत साउनमा नेपालमा ३ अर्ब ४१ करोड ९२ लाख रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको हो ।

एक महिनामा समे रकम बराबरको १ लाख ९८ हजार ३३३ ओटा स्मार्टफोन आयात गरिएको छ । यसबाट सरकारलाई ६३ करोड ७९ लाख रुपैयाँ राजस्व प्राप्त भएको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस