साफ यू–१७ महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै

अनलाइनसमय |
८ भदौ २०८२
साफ यू–१७ महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं, ८ भदौ । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।

नेपाल र बंगलादेशले हालसम्म २–२ खेल खेलाका छन् । दुबै टोलीसँग १ जित र १ हारको नतिजा छ ।

नेपाल पहिलो खेलमा भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ गोलअन्तरले हराएको थियो । त्यस्तै, बंगलादेशले पहिलो खेलमा भुटानलाई खेलमा ३–१ ले हराउँदा भारतसँग २–० ले पराजित भएको थियो ।

हाल भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश र नेपालको समान ३ अंक भएपनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रोमा छ । आजै हुने अर्को खेलमा भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन् । हरेक देशले एक अर्काविरुद्ध २–२ खेल खेलेपछि शिर्ष स्थानमा रहने टिम विजेता बन्ने छ ।

नेपालले अब अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका छ ।

नेपाली टोली :
गोलकिपरः झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ ।
डिफेन्डरः दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक ।
मिडफिल्डरः डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल ।
फरवार्डः अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस