वैदेशिक अध्ययनमा विद्यार्थीसँगै बाहिरियो १ खर्ब ३८ अर्ब, कुन महिनामा कति ?

अनलाइनसमय |
९ भदौ २०८२
वैदेशिक अध्ययनमा विद्यार्थीसँगै बाहिरियो १ खर्ब ३८ अर्ब, कुन महिनामा कति ?

काठमाडौं, ९ भदौ । पछिल्लो समय नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जानेक्रम बढेसँगै त्यसमार्फत बाहिरिने रकम पनि बढिरहेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आवको वित्तीय तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) २०८१/८२ मा वैदेशिक अध्ययनका लागि १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको छ, जुन गत अघिल्लो वर्षको तुलनामा १० दशमलव ६६ प्रतिशतले बढी हो । आव २०८०/८१ मा शिक्षातर्फको भ्रमण व्यय १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ थियो ।

गत आवको असारमा मात्रै १३ अर्ब ६८ कररोड रुपैयाँ बाहिरिएको छ । यस वर्षको फागुनमा सबैभन्दा धेरै रकम बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । फागुनमा मात्रै १४ अर्ब ८६ करोड रुपैयाँ बाहिरिएको छ । त्यस्तै साउनमा १४ अर्ब ९२ करोड रुपैयाँ, चैतमा १४ अर्ब ८६ करोड र भदौमा १३ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

कुन महिनामा कति बाहिरियो ?

स्रोत : नेपाल राष्ट्र बैंक

यस्तै,  शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो आवको तुलनामा १८ दशमलव १ प्रतिशतले बढेको हो । अघिल्लो वर्षमा यस्तो खर्च १ खर्ब ८९ अर्ब ४३ करोड रहेको थियो ।

विदेश अध्ययनसँगै अन्य पर्यटन खर्चसमेत बढेकाले देशको सेवा खाता थप घाटामा गएको छ । गत आवमा सेवा खाता ९० अर्ब ९४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार भ्रमणका लागि नेपाल आउने पर्यटकले नेपालमा गरेको खर्च ७ दशमलव ७ प्रतिशतले वृद्धि भई ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ८२ अर्ब ३३ करोड रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस