राज्य व्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने

अनलाइनसमय |
९ भदौ २०८२
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने

काठमाडौं, ९ भदौ । प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ ।

संसद सचिवालयले सोमबार जारी गरेको सूचनाअनुसार सभामुख देवराज घिमिरेले बुधबार निर्वाचन तालिका तोकेका हुन् ।
निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए ।

राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस