नेप्से २१.३० अङ्कले बढ्दा घट्यो कारोबार रकम

अनलाइनसमय |
९ भदौ २०८२
नेप्से २१.३० अङ्कले बढ्दा घट्यो कारोबार रकम

काठमाडौं, ९ भदौ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २१ दशमलव ३० अङ्कले बढेर दुई हजार ७६१ दशमलव २६ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १७९ धितोपत्रको शेयर मूल्य बढ्दा ७१ को घटेको छ । यसदिन कुल ३१७ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार १३ समूहको उपसूचकमध्ये ११ को बढेको छ । यसदिन अन्य समूहको उपसूचक सर्वाधिक २ दशमलव ७९ प्रतिशत बढेको छ ।

यसदिन माइक्रोफाइनान्स १ दशमलव ५, विकास बैंक शून्य दशमलव ९५, बैंकिङ शून्य दशमलव ५८, जीवन बीमा शून्य दशमलव ५६, होटेल तथा पर्यटन शून्य दशमलव ४५, लगानी शून्य दशमलव ३४, हाइड्रोपावर शून्य दशमलव ३२, निर्जीवन बीमा शून्य दशमलव ३१, व्यापार शून्य दशमलव ५ र फाइनान्स समुहको उपसूचक शून्य दशमलव २ प्रतिशतले बढेको छ ।

यस्तै म्युचुअल फण्ड शून्य दशमलव ३४ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले घटेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै विकास हाइड्रोपावर ९ दशमलव ९८, साना किशान विकास लघुवित्त ५ दशमलव २६ र नेपाल रिइन्सुरेन्सको शेयर मूल्य ५ दशमलव १ प्रतिशतले बढेको छ ।

आज आरबीबी म्युचुअल फण्ड ३ दशमलव ८७, सिक्लेस हाइड्रोपावर ३ दशमलव ५४, सीवाईसी लघुवित्त ३ दशमलव ५, खानी खोला हाइड्रोपावर २ दशमलव ६३ र एनएमबी ५० को शेयर मूल्य २ दशमलव ५५ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस