काठमाडौं, १० भदौ । गत अर्थिक वर्ष (आव)को असारमा डिजिटल माध्यममार्फत ११९ खर्बबढि भुक्तानी भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असारमा ११९ खर्ब ४८ अर्ब ५८ करोड रुपैयाँ डिजिटल भुक्तानी भएको छ, जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ३९ दशमलव ०८ प्रतिशत बढी हो । सो आवको असारमा ८५ खर्ब ९० अर्ब ९३ करोड रुपैयाँ यस्तो भुक्तानी भएको थियो ।
गत असारमा सबैभन्दा धेरै भुक्तानी रियल टायम ग्रास सेटलमेन्ट (आरटिजीएस)मार्फत भएको छ । यो प्रणालीबाट ९२ खर्ब १० अर्ब ९० करोड रुपैयाँ कारोबार भएको छ ।
कुन प्रणालीबाट कति भुक्तानी ? (रू. १० करोड)मा

स्रोत : नेपाल राष्ट्र बैंक
गत आवको असोजदेखि क्रस बोर्डर क्यूआरको पनि शूरूआत भएको छ । यद्यपि शूरूदेखि असारसम्ममा १ अर्ब ८० करोड ९२ लाखको भुक्तानी भएको तथ्यांक छ । यस प्रणालीबाट असोजमा १३ करोड ९० लाख, कात्तिकमा १५ करोड ६० लाख, मंसिरमा १९ करोड ३० लाख, पुसमा ३१ करोड ४० लाख, माघमा २६ करोड, फागुनमा २० करोड ५० लाख, चैतमा २५ करोड २० लाख रुपैयाँ भुक्तानी भएको थियो भने वैशाखमा २९ करोड ७० लाख, जेठमा ४० करोड ३० लाख र असारमा ४७ करोड रुपैयाँको भएको छ ।