काठमाडौं, १० भदौ । चालू आर्थिक वर्ष (आव) २०८२/८१ को साउन मसान्तसम्म सार्वजनिक ऋणको दायित्व करिब २७ खर्ब पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आवको साउन १ गते तिर्न पर्ने बाँकी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । एक महिनामै १४ अर्ब २ करोड रुपैयाँ ऋण थपिएर साउन मसान्तसम्ममा २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । जसमध्ये आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब १२ करोड अर्थात् ४७ दशमलव ७४ तथा बाह्य ऋण १४ खर्ब २ अर्ब ४७ करोड रुपैयाँ अर्थात् ५२ दशमलव २६ प्रतिशत रहेको छ ।
देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा सार्वजनिक ऋणको हिस्सा ४३ दशमलव ९४ प्रतिशत हो । जसमध्ये आन्तरिक ऋण जीडीपीको २२ दशमलव ४६ र बाह्य ऋण २४ दशमलव ५८ प्रतिशत छ ।