एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिने आज अन्तिम दिन

अनलाइनसमय |
१२ भदौ २०८२
एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १२ भदौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालनमा ल्याएको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिन सकिने आज अन्तिम दिन रहेको छ । यस स्किमलाई एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा ल्याइएको हो ।

खुलामुखी योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५ करोड इकाई बिक्रीका लागि उपलब्ध गराएको हो, जसको कुल मूल्य ५० करोड रुपैयाँ बराबर हुन्छ ।

१० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईलाई बीजपूँजीका रूपमा योजनाप्रबन्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

निवेशकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यदि बिक्री अवधिभित्र कम्तीमा ५० प्रतिशत इकाईको माग भएमा बाँडफाँट गरी योजना सञ्चालनमा ल्याइनेछ । तर आवश्यक न्यूनतम इकाई बिक्री हुन नसके योजना खारेज गरिने र १५ दिनभित्र आवेदकलाई रकम फिर्ता गरिने व्यवस्था गरिएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले सम्हालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस